दुलेगौंडा, १५ कार्तीक । शुक्लागण्डकी–१० स्थित छब्दी देउराली युथ क्लवको आयोजनामा छब्दीमा प्रथम साविक गाउँ तथा वडा स्तरीय पुरुष एवम् भेट्रान्स भलिबल प्रतियोगिता शुरु भएको छ ।
आइतवार शुरु प्रतियोगिताको युवा व्यवसायी विकास श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा बोल्दै श्रेष्ठले युवाहरुको खेलप्रतिको लगावलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । क्लव अध्यक्ष सुमन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १० का अध्यक्ष रामचन्द्र भण्डारी, वडा खेलकुद विकास समितिका संयोजक जिवन भट्टराई क्षेत्री, छब्दी माविका सहायक प्रधानाध्यापक कृष्णप्रसाद पाठक, शिक्षक हुम खड्का, क्लवका ज्ञानु नेपाली लगायतले बोलेका थिए ।
आइतवार भएको उद्घाटन खेलमा आयोजक बीलाई २–१ को सेटमा हराउै लामागाउँ अघिल्लो चरणमा प्रवेश गरेको छ । पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम, द्धितीय र तृतीयले क्रमशः ४० हजार, २५ हजार र १५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगर भेट्रान्सतर्फ प्रथमले खसी र द्धितीयले बोका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ । भलिबल प्रतियोगितामा बेष्ट स्पाईकर, डिफेण्डर, बेष्ट लिफ्टर, बेष्ट प्लेयर र अनुशाशित खेलाडीलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लव अध्यक्ष सुमन खड्काले जानकारी दिए ।
कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमसहित छेलो हान्ने प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता र म्यूजिकल चियर प्रतियोगिता समेत समावेश गरिएको छ । कुसुण्डे खेल मैदानमा शुरु प्रतियोगिताको समापन कार्तीक १८ गते हुने छ ।





