नेपाली सेफ सोसाइटी गण्डकीमा दाहाल

दुलेगौंडा, १२ जेठ ।
नेपाली सेफ सोसाइटी गण्डकीको अध्यक्षमा पूर्ण भक्ता दाहाल चयन भएका छन् । सोमबार पोखरामा सम्पन्न प्रदेश भेलाले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समिति उपाध्यक्षमा गोबिन्द खनाल, सचिवमा राजेश सुनार, कोषाध्यक्षमा झम्क प्रसाद ढकाल र संस्थापक सदस्यमा किशोर बास्तोला चयन भए । कार्यसमिति सदस्यमा राजेश धिमाल, पवन हमाल, भीम अधिकारी, रश्मि रोका मगर, अनुप बस्नेत र सन्तोष सुनार चयन भए ।
समितिको संरक्षक सल्लाहकारमा श्याम लामगादे, वरिष्ठ सल्लाहकार भगत श्रेष्ठ र सल्लाहकारमा तारा मगर र गोविन्द लामिछाने चयन भए ।
नेपालको मौलिक खान संस्कृति, पाककला, पर्यटन प्रवद्र्धन तथा नेपाली शेफहरूको पेशागत क्षमता अभिवृद्धि गर्न प्रदेश स्तरमा समिति गठन गरिएको संरक्षक सल्लाहकार श्याम लाम्गादेले बताए । नेपालको मौलिक खाना संस्कृति, पाककला, पर्यटन प्रवद्र्धन तथा नेपाली शेफहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यसहित गठन गरिएको समितिले आगामी दिनहरूमा नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रवद्र्धन गर्दै युवापुस्तालाई पाककला क्षेत्रमा आकर्षित गर्ने नवनिर्वाचित अध्यक्ष दाहालको विश्वास छ ।

Advertisment