दुलेगौंडा, १८ बैशाख ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष विमल प्रसाद रिमाललाई सम्मान गरेको छ । विहिवार तीनखोले देवी मन्दिर परिसरमा आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदानको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
श्रेष्ठ हालै पोखरामा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको नवौँ सभा तथा अधिवेशनबाट उपाध्यक्ष (वस्तुगत तर्फ) र रिमाल सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए । कार्यकाल सफलताको कामना गर्दै उनीहरुलाई शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ लगायतले सम्मान गरेका हुन् । सोहि अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष सञ्जिव बहादुर कोइराला, महासंघ गण्डकीका जिल्ला नगर उपाध्यक्ष मृगेन्द्र घिमिरे, एसोसीयट उपाध्यक्ष सुर्य बहादुर भुजेल, बस्तुगत उपाध्यक्ष हरि कुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र ओझा, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं. ४ का अध्यक्ष बालकृष्ण विक, वडा व्यवस्थापन समिति ६ का अध्यक्ष रविन्द्र पौडेल लगायतले बोलेका थिए ।
कर्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा र सञ्चालन महासचिव सुजन श्रेष्ठले गरेका थिए ।





