शुक्लागण्डकीका नगर प्रमुख पण्डितद्धारा प्रदेश सरकारसँग सडक र पुलकोलागि बजेट माग

दुलेगौंडा, २९ बैशाख ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विभिन्न योजनाका लागि गण्डकी प्रदेश सरकारसँग बजेट माग गरेका छन् । मंगलवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विभिन्न सडक योजनाकोलाििग बजेट विनियोजनकोलागि मागपत्र बुझाएका हुन् ।
उनले नगरका मुल सडकहरुलाई सम्पन्न गराउन बजेट अभाव रहदै आएको बताउदै पुरा गर्नलागि ध्यानाकर्षण गराए । वडा नं. १ को कार्यालय जोड्ने लालध्वज सडक मार्ग, वडा नं. १२ को कार्यालय जोड्ने लिलाचोक लामागाउँ मोटरमार्ग, वडा नं. ६ को प्रमुख धार्मिकस्थल तीनखोलेदेवी मन्दिर पुग्ने तीनखोलेदेवी मोटरमार्ग, वडा नं. ८ को डहरे मोटरमार्ग र वडा नं. १२ को प्युरीदोभानदेखि स्याङ्जाको पुतलीबजार जोड्ने दोभान पुल निर्माणकोलागि बजेट माग गरेका हुन् ।

Advertisment