शुक्लागण्डकीको ज्ञान बगैचाकी प्रमिशा र अरनिकोका सुगमले ल्याए ४.० जिपिए

दुलेगौंडा, २९ बैशाख ।
तनहुँको शुक्लागण्डकी–५ सेरामा रहेको ज्ञान बगैचा इङ्लीस बोर्डिङ स्कुल र वडा नंं ७ भोटेपानीस्थित अरनिको इङ्लीस बोर्डिङ स्कुलका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए प्राप्त गरेका छन् । सोमबार प्रकाशित २०८२ सालको नतिजामा ज्ञान बगैचाकी प्रमिशा पौडेल र अरनिकोका सुगम पोख्रेलले ४.० जिपिए ल्याएका हुन् ।
ज्ञान बगैचाका प्रिन्सीपल सुरेश पौडेलले परीक्षामा ४५ जना सहभागी भएकोमा ४० जना ग्रेडेड भएको जानकारी दिए । उनका अनुसार तीमध्ये ८ जनाले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । १६ जना विद्यार्थी ३.२ देखि ३.६ जिपिएभित्र समेटिएका छन् । १३ जनाले २.८ देखि ३.२ र २ जनाले २.४ देखि २.८ जिपिए ल्याएका पौडेलले बताए ।
यसैगरी अरनिकोका कुल ५० मध्य ४९ जना ग्रेडेड भएको संस्थापक पूर्ण थापाले जानकारी दिए । उनका अनुसार तीमध्ये १० जनाले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । २४ जना विद्यार्थी ३.२ देखि ३.६ जिपिएभित्र समेटिएका छन् । ११ जनाले २.८ देखि ३.२ र ३ जनाले २.४ देखि २.८ जिपिए ल्याएका थापाले बताए ।

Advertisment