दुलेगौंडा, १३ चैत । पाँचौ शुक्लागण्डकी महोत्सवमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा शुक्रवार आयोजित उद्घाटन खेलमा म्याग्दे गाउँपालिका विजयी भएको छ । शुक्लागण्डकी–७ लाई सोझो सेटमा पराजित गर्दै म्याग्दे अघिल्लो चरणमा प्रवेश गरेको हो । यसैगरी भिमाद र शुक्लागण्डकी बीच भएको अर्को खेल मौसमका कारण स्थागित गरिएको प्रतियोगिता संयोजक उपेन्द्र तिमिल्सीनाले जानकारी दिए । उनका अनुसार स्थागित खेल शनिवार हुने छ ।
शनिवार माछापुग्छ«े गाउँपालिका र हरिनाश गाउँपकालिबीच पहिलो खेल हुने छ । यसैगरी दोस्रो खेल बौद्धिकाली गाउँपालिका र घिरिङ गाउँपालिकाबीच हुने छ ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो हुने समुहले क्रमशः २ लाख, १ लाख ५० हजार, ५० हजार र चौथोलाई २५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमणपत्र पाउनेछन् । साथै बेष्ट प्लेयर, स्पाईकर, सेटर, डिफेन्टर, ब्लकर, कोच र बेष्ट सर्भरलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन शुक्लागण्डकी नगरपालिकिाका नगर उपप्रमुख खुम बहादुर विक राजुले गरेका थिए । सो अवसरमा उनले खेलले स्वस्थ्वसँगै अनुशासन र प्रचारमा सहयोग पुग्ने उल्लेख गरे । शुक्लागण्डकी नगरपालिकाको संरक्षकत्व, महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।
शुक्लागण्डकी महोत्सवमा अन्तरपालिका स्तरीय भलिबल शुरु
१३ चैत्र २०८२, शुक्रबार
Advertisment





