दुलेगौंडा, २५ बैशाख ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले १२ औं स्थापना दिवसमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई सम्मान गरेको छ ।
नगरपरिसरमा शुक्रवार आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमिल्सीना, प्रदेश सभा सदस्य श्यामराजा महत, संविधान सभा सदस्य आशा कोइराला, नगर प्रमुख कृष्णराज पण्डित लगायतले सम्मान गरे ।
स्थापना दिवसमा नगरका एक सय वर्ष पुरा भएका जेष्ठ सदस्यहरु गणेश बहादुर राउत, इन्दु माया गुरुङ, बिबामाया गुरुङ, सुभद्रा पौडेल र मधुमालती आचार्यलाई सम्मानित भए । प्राडातर्फ प्राध्यापक डा. बुद्धि बहादुर थापा, प्राडा चन्द्र बहादुर थापा, प्राडा कृष्णप्रसाद गौतम, प्राडा सुरेश पौडेल र प्राडा निर्मला जमरकट्टेटल सम्मानित भए ।
क्ला साहित्य र बाङ्मयतर्फ शेषमणी आचार्य, राष्ट्रिय खेलाडी एथ्लेटिक्सतर्फ इन्द्रा मल्ल, पशुपालनतर्फ रञ्जित इन्टिग्रेटेड एग्रो प्रालिका सञ्चालक शिवलाल रसाईली, कृषितर्फ वाग्ले कृषि तथा पशुफर्मका सञ्चालक सुरेन्द्र वाग्ले, उत्कृष्ट महिला स्वयंसेविका मञ्जु श्रेष्ठ, नगरपालिकाको उत्कृष्ट कर्मचारी विनोद कडेल सम्मानित भए ।
पूर्व मन्त्री तथा संविधानसभा सदस्य आशा कोइराला, निवर्तमान नगर प्रमुख किसान गुरुङ, निवर्तमान उपप्रमुख सविता रसाईली, पूर्व गाविस अध्यक्ष महेश्वर भट्टराई, मित्रबन्धु शर्मा र मोहन बहादुर थापा, पूर्व गाविस उपाध्यक्षहरु रामचन्द्र उपाध्याय, चुडामणि पौडेल, डिल्लीराम अधिकारी, बल बहादुर शाही, थमन बहादुर आले, देवनारायण श्रेष्ठ, दिल कुमार श्रेष्ठ, पूर्ण बहादुर गुरुङ र खेमराज अधिकारी सम्मानित भए । पूर्व प्रधानपञ्च रोल बहादुर गुरुङ, नारायण प्रसाद भट्टराई, बेदप्रकाश पोख्रेल सम्मानित भए । पूर्व उपप्रधानपञ्च मिन बहादुर राना, देउनारायण श्रेष्ठ, मिज बहादुर गुरुङ, चौ बहादुर गुरुङ, नर बहादुर थापा मगर, पदम बहादुर थापा, बोधराज सिग्देल र लालप्रसाद गर्तौलालाई सम्मान गरियो । कक्षा १२ मा शत प्रतिशत विद्यार्थी उर्तीण गराउन सफल पञ्चमुनिदेव माविका शिक्षक टुकादेवी पौडेल र चन्द्र बहादुर गुरुङ, तालवेशी माविका सुवास चापागाई, सुर्योदय इङलीस बोर्डिङ स्कुलका प्रेमकला थापा र जनार्दन दाहाललाई सम्मान गरियो । कक्षा १० मा उत्कृष्ट अंक ल्याउने पञ्चमुनिदेव माविका सुशान्त सिग्देल, कक्षा १२ मा सोहि विद्यालयका भूपेन्द्र गुरुङ र स्नातक तहमा भानुभक्त बहुमुखी क्याम्पसकी मुना कार्कीलाई उत्कृष्ट विद्यार्थीका रुपमा सम्मान गरियो । यसैगरी कक्षा १० मा शत प्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल जनकल्याण माविका ६ जना, पञ्चमुनिदेव माविका ३ जना, तालवेशी माविका ३ जना, माउण्ट अन्नपूर्ण एकेडेमीका ४ जना, लिटिल गार्डेन इङ्लीस बोर्डिङ स्कुलका ४ जना, ज्ञान बगैचा इङ्लीस बोर्डिङ स्कुलमा ५ जना र ब्राइट फ्युचर माध्यमिक विद्यालयका १ जना शिक्षकलाई सम्मान गरियो । संस्थागत रुपमा सूर्य नेपाल प्रा.लि., हेल्फे जर्मन संस्था, रुम टु रिड, योङ लिभिङ फाउन्डेसन नेपाल र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठीलाई सम्मान गरियो ।
नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगत तिमिल्सीना, संविधान सभा सदस्य आशा कोइराला, प्रदेश सभा सदस्य श्यामराजा महत, जिल्ला समन्वय समिति संयोजक शान्तिरमण वाग्ले, नगरका सल्लाहकार रामचन्द्र उपाध्यक्ष, पूर्व नगर प्रमुख किसान गुरुङ, पूर्व नगर उपप्रमुख सविता रसाईली, प्राध्यापक डा. बुद्धि बहादुर थापा, पूर्व प्रधानपञ्च नारायण प्रसाद भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीका अध्यक्ष हरि बहादुर खड्का, नेपाली काङग्रेसका नगर सभापति गोपि बहादुर गुरुङ, नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष लोकनारायण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष शरण सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत नगर उपप्रमुख खुम बहादुर विक राजु, धन्यवाद कार्यपालिका सदस्य खिम बहादुर कुमाल र सञ्चालन सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले गरेका थिए ।
२०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ शुक्लागण्डकी नगरपालिका संचालनमा आएको हो । साथै
२०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो ।
यता स्थापना दिवसमा निवर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यले भने आफूहरुलाई निम्तो नगरिएको भन्दै दुःखेसो गरेका छन् । वडा नं. १२ का निवर्तमान वडा अध्यक्ष मनराज गुरुङले निधन भइसकेको जनप्रतिनिधीलाई निम्तो गरिदा जिउदै रहेका निर्वतमान जनप्रतिनिधीलाई बिर्सनुभयो भन्दै व्यंग्य गरेका छन् । आफूहरुलाई बेलैमा आधिकारिक निमन्त्रणा नभएपछि निर्तमान वडा अध्यक्ष र कार्यपालिका सदस्यले शुनपा–११ जरेवरमा रमाईलो वनभोज आयोजना गरि सहभागी भएको बताइएको छ ।





