दुलेगौंडा, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शुक्लागण्डकीले आज दुलेगौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । ३६ औ स्थापना दिवसको अवसरमा सो कार्यक्रम गरेको हो । राप्रपाले हरेक वर्ष जेठ १५ गतेलाई आफ्नो पार्टी स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
सो अवसरमा बोल्ने वक्ताहरुले राप्रपाले विगत लामोसमयदेखि भन्दै आएको एजेण्डा अहिले सान्दर्भिक हुदै गभएको बताए ।
ऋषेश्वर भुवाईको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय अध्यक्ष बोधराज गैह्रे, भूपू संगठनका संंरक्षक मेजर नरेन्द्र प्रताप महत, किसान संगठन जिल्ला सिद्धि बहादुर खाँड, नेता याम बहादुर खाड, निवर्तमान जिल्ला सचिव हेतमान कायस्थ, नगर सहसचिव केशवराज पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव उपेन्द्रलाल श्रेष्ठले गरेका थिए ।
पार्टी स्थापना दिवसको अवसरमा राप्रपद्धारा दुलेगौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisment





