कार्कीडाडाँ देउराली टोल विकास संस्थामा हरिचन्द्र

दुलेगौंडा, २८ बैशाख ।
कार्कीडाडाँ देउराली टोल विकास संस्था शुनपा–३ को अध्यक्षमा हरिचन्द्र पौडेल सर्वसम्म निर्वाचित भएका छन् । शुक्रवार भएको दोस्रो अधिवेशनबाट उपाध्यक्ष पवित्रा सापकोटा, सचिवमा भोजराज पौडेल, कोषाध्यक्ष सिता विक र सहसचिवमा विन्दु लम्साल चयन भए । सदस्यहरुमा सीता भण्डारी, तिला राना, हितकुमारी रोका, जुक्तराज श्रेष्ठ रहेका छन् । सल्लाहकारमा परशुराम भण्डारी, लिलाप्रसाद ढुंगाना, रामचन्द्र गर्तौला, रामशरण भण्डारी, भिमकुमारी श्रेष्ठ रहेका छन् ।
टोल विकास संस्थाका पूर्व अध्यक्ष भिमकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का अध्यक्ष सचिन भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

Advertisment