तनहुँ । तनहुँको दुलेगौडाबाट प्रशारित हुने रेडियो ढोरबाराहीको अध्यक्षमा पुनःकृष्णराज पण्डित चयन हुनुभएको छ । रेडियोको आइतबार सम्पन्न चौँधौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन मार्फत पण्डितको अध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको हो । कास्की जिल्लाको पोखरा महानगरपालिका २० आँटीघरमा सम्पन्न भएको अधिवेशन मार्फत उपाध्यक्ष खेमराज खनाल, सचिवमा फडिन्द्र पौडेल, कोषाध्यक्षमा राजकुमार वाग्ले राजु र सहसचिवमा विष्णुबहादुर महत चयन हुनुभएको छ ।
सदस्यमा बसन्त ज्वारचन, ज्ञानप्रसाद भण्डारी, रविन्द्रराज पौडल, इश्वर शर्मा, कृष्णप्रसाद लामिछाने र विनोद राउत चयन हुनुभएको छ । साथै अधिवेशन मार्फत रेडियोको लेखा समितिको संयोजकमा मानकुमार तिम्ला र सदस्यमा ऋषिबहादुर बस्नेत र मनश्याम ज्वारचनलाई चयन गरिएको छ । पुन अध्यक्षमा निर्वाचित भएपछि नयाँ कार्यकालका लागि सथप ग्रहण गर्दै अध्यक्ष पण्डितले रेडियोको वर्तमान चुनौतीहरुलाई चिरेर नयाँ उचाईमा पु¥याउन प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।





