ज्ञान बगैचाको ‘लोकल हिरो’ अवार्डबाट डा. बालकुमार सम्मानित

दुलेगौंडा, ७ फागुन । ज्ञान बगैँचा इङ्लिस बोर्डिङ स्कुलले आफ्नो अभिभावक दिवसको अवसरमा डा. बालकुमार श्रेष्ठ लाई ‘आवर लोकल हिरो’ अवार्ड बाट सम्मानित गरेको छ । विद्यालयका संस्थापक बाबुराम कार्की र प्रिन्सीपल सुरेश पौडेलले दोसल्लासहित अवार्ड प्रदान गरेका हुन् ।
शुक्लागण्डकी–६ खैरेनीटारका डा. श्रेष्ठ पशुपन्छी अनुसन्धान विकास तथा प्रशीक्षण केन्द्र गण्डकी प्रदेश,पोखराका महानिर्देशक हुन् । आफ्नो अभिभावक दिवसको अवसरमा विद्यालयले यस क्षेत्रमा जन्मेर समाजमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई उक्त सम्मान बाट सम्मानित गर्दै आएको छ ।
डा. श्रेष्ठले पशुपन्छी तथा मत्स्य क्षेत्रको आधुनिकीकरण साथै किसान केन्द्रित कार्यक्रमहरु तर्जुमा गर्नुका साथै पशुपन्छी जन्य रोग नियन्त्रण र उपचारमा महत्वपूर्ण योगदान पुर्याउनु भए बापत उक्त सम्मानबाट सम्मानित गरिएको विद्यालयले जनाएको छ । अभिभावक दिवसको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरेका थिए । सो अवसरमा विगतका वर्षमा चालेका कदमले उनले नगरको शैक्षिक गुणस्तर अभिवृद्धि हुदै गएको उल्लेख गरे ।





