शुक्लागण्डकीका १२ वटै वडामा काङग्रेसका नयाँ वडा सभापति चयन
दुलेगौंडा, ४ असोज । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको आइतवार शुक्लागण्डकीका १२ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । वडा तहका यी अधिवेशनबाट नयाँ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू चयन भएका छन् ।
शुक्लागण्डकी नगरपालिका वडा नंं १ को सभापतिमा भिम बहादुर गुरुङ सर्वसम्मत भए । वडा नं. २ को सभापतिमा होमनाथ लम्साल अर्जुन चयन भए । वडा नंं ३ मा विवेक खनाल चयन भए । वडा नंं. ४ को सभापतिमा थमन बहादुर खत्री सर्वसम्मत भए । वडा नं. ५ मा भोजराज लामिछान चयन भए । वडा नं. ६ मा जयश्वर पाण्डे सर्वसम्त भए । यसैगरी वडा नं. ७ को सभापतिमा हरि तिमिल्सीना सर्वसम्मत भए ।
वडा नं. ८ को सभापतिमा डिल बहादुर गुरुङ सर्वसम्म भए । सो वडामा ४१ जना क्षेत्रीय प्रतिनिधी सर्वसम्मत चयन भए । वडा नं. ९ मा विनोद रावत सर्वसम्मत भए । वडा नं. १० विमल राना सर्वसम्मत चयन भए । यसैगरी वडा न ११ मा रविन्द्र विक्रम थापा र वडा नं. १२ मा टुुल बहादुर ठकुरी सर्वसम्मत भएको नेपाली काङग्रेस शुक्लागण्डकीले जनाएको छ ।




