शिव महिमा बोलबम धार्मिक महोत्सव–२०८३ बाट करिव १० लाख बचत

दुलेगौंडा, २७ भदौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित श्री मुक्तिनाथ–शुक्लागण्डकी च्यवनधाम, गाछेपानीमा सम्पन्न शिव महिमा बोलबम धार्मिक महोत्सव–२०८३ बाट करिव १० लाख रुपैया बचत भएको छ ।

महोत्सवारे शनिवार धाम परिसरमा आयोजित समिक्षा एवम् आयव्यय सार्वजनिक कार्यक्रममा कुल २२ लाख ३१ हजार ७ सय २७ रुपैया आम्दानी भएकोमा ११ लाख ९० हजार ६ सय ७२ खर्च भई १० लाख ४१ हजार ५५ रुपैया बचत भएको कोषाध्यक्ष शिव गर्तौलाले जानकारी दिए । उनका अनुसार ४ लाख ८८ हजार ३ सय ५२ रुपैया उठ्न बाँकी छ ।
मूल समारोह समिति संयोजक ठाकुर प्रसाद शास्त्रीको अध्यक्षतामा भएको कार्यक्रममा धामका अध्यक्ष होमनाथ लम्साल अर्जुन, सचिव दुर्गादत्त सापकोटा लगायतले बोलेका थिए ।
भदौ १ देखि ८ गतेसम्म भएको सो महोत्सवमा प्रसिद्ध प्रवचक विदुषी आचल बस्सेलले धार्मिक प्रवचन प्रस्तुत गरेकी थिइन् । महोत्सवकै अवसरमा कलश यात्रा, शिवपूजन, रुद्राभिषेक, भजन–कीर्तन, झाँकी प्रदर्शन, तुलादान तथा विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रम गरिएको थियो ।






