मुख्य खबर

ढोर फिरफिरे तमु समाज पोखराद्धारा राहत कोषमा सहयोग

By Meropati
२ दिन अघि
ढोर फिरफिरे तमु समाज पोखराद्धारा राहत कोषमा सहयोग

दुलेगौंडा, १ असोज । श्री ढोर फिरफिरे तमु समाज पोखराले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ५६ हजार ५ सय १५ रुपैया सहयोग गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा विभिन्न स्थानमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सो रकम प्रदान गरिएको समाजका अध्यक्ष सुवेदार नन्दलाल गुरुङले जानकारी दिए । साथै समाजले हराएकाको खोजी चाडो होस भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

0 SHARES
सेयर गर्नुहोस्: