स्थानिय समाचार

तालवेशी माविको ६७ औं वार्षिकोत्सव

By Meropati
२०८३ अशोज ४, आइतवार
तालवेशी माविको ६७ औं वार्षिकोत्सव

दुलेगौंडा, २९ माघ । तनहुँको शुक्लागण्डकी–९ घारीस्थित तालवेशी माविको ६७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विहिवार विद्यालय परिसरमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले नगरले शिक्षा क्षेत्रको सुधारलाई केन्द्रित गर्दै अघि बढेको बताउदै सामुहिक प्रयासले मात्र गुणस्तर अभिवृद्धि हुने उल्लेख गरे । नगर उपप्रमुख खुम बहादुर विक राजुले सामुदायिक विद्यालयको सुधारकोलागि अभिभावकले विशेष चासो दिनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख नवराज चापागाई, कार्यबाहक वडा अयक्ष कमल थापा, अक्षयकोषदाता महेन्द्र रावत, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष उमानाथ पाठक, विद्यार्थीकोतर्फबाट रितेष क्षेत्री र कविता विक लगायतले बोलेका थिए । कार्यक्रममा प्रधानाध्यापक ध्रुव वाग्लेले वार्षिक प्रगति विवरण पेश गरेका थिए ।
सहायक प्रधानाध्यापक भूपति प्रसाद चापागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक दामोदर रेग्मी र राधा पाठकले गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले निर्माण गरेका शैक्षिक बस्तुहरु प्रदर्शनीमा राखिएको थियो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

0 SHARES
सेयर गर्नुहोस्: