स्थानिय समाचार

प्रेस चौतारी पत्रकारिता पुरस्कार उपाध्यायलाई

By Meropati
२०८३ अशोज ४, आइतवार
प्रेस चौतारी पत्रकारिता पुरस्कार उपाध्यायलाई

दुलेगौंडा, २४ माघ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले पत्रकारिता पुरस्कार वाट संस्थाका संस्थापक अध्यक्ष तारानाथ उपाध्यायलाई दिने निर्णय गरेको छ । प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ (विवि)को अध्यक्षतामा वसेको वैठकले हरेक वर्ष वितरण गर्दे आएको पत्रकारिता पुरस्कार उपाध्यायलाई दिने निर्णय गरेको हो ।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल उपाध्यायले पत्रकारिताको क्षेत्रमा विगतमा खेल्नुभएको भुमिकालाई सम्मान गर्दे पुरस्कार दिने निर्णय गरेको हो । प्रेस चौतारीलाई तनहुँमा स्थापना कालमा स्थापित गराउन महत्वपुर्ण भुमिका खेलेका उपाध्यायलाई सम्मान पत्र र रु १० हजार नगद सहित पुरस्कृत गर्न लागिएको संस्थाले वताएको छ ।
प्रेस चौतारी नेपाल तनहुँ शाखाले पत्रकारिता क्षेत्रमा संस्थागत योगदान दिएको पत्रकारहरुलाई सम्मान गर्दे आईरहेको छ । यस अघि पनि प्रेस चौतारी नेपाल तनहुँ शाखाले पुर्व अध्यक्ष प्रेम प्रसाद पौडेल, विश्ववन्धु भण्डारी, त्रिभुवन श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, पत्रकार वसन्ती वास्तोला, शाखाका उपाध्यक्ष कृष्णचन्द्र न्यौपाने पुरस्कृत भईसकेका छन् ।
सो पत्रकारिता पुरस्कार कुनै विशेष कार्यक्रमको अवसरमा प्रदान गरिने प्रेस चौतारी नेपाल तनहुँ शाखाले जनाएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: