ग्लोबल आइएमई बैंकद्धारा दुलेगौंडामा बित्तिय साक्षरता तथा डिजिटल बैंकिङ कार्यक्रम

दुलेगौंडा, २९ मंसिर । डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल आइएमई बैंकले दुलेगौंडामा सोमवार आफ्ना सेवाग्राहीलाई बित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी सचेतनामुकल कार्यक्रम सम्पन्न गरेको छ ।

डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहन गर्दै सेवाग्राहीलाई सरल र सहज तरिकाले बैंकिङ कारोबार गर्न अभ्यस्त बलाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा डिजिटल बैंकिङको प्रयोग, डिजिटल बैंकिङ सेवा लिने विधि, फाइदा तथा यसको सुरक्षाका बारेमा जानकारी गराइएको थियो । फाइनन्सीयल रिर्सोस मेनेजर निकिता भण्डारी, ट्रान्जीक्सन बैंकिङ अधिकृत निराजन श्रेष्ठले सहजिकरण गरेका थिए ।

प्रदेशका बरिष्ठ अधिकृत निल प्रसाद अधिकारीले बैंकले डिजिटल वित्तीय चेतना तथा पहुँचलाई स्थानीय स्तरसम्म पु¥याउन बैंकले विभिन्न स्थानमा साक्षरता अभियान सञ्चालन गरिरहेको उल्लेख गरे । कार्यक्रममा सेवाग्राही, व्यवसायी र पञ्चमुनिदेव मावि कक्षा १० मा अध्ययरनत विद्यार्थी गरि करिव १ सय जनाको सहभागिता रहेको शाखा प्रमुख जीवन गुरुङले जानकारी दिए । डिजिटल बैंकिङ अनिवार्य रूपमा लागू हुँदै गएकाले यसको प्रयोग गर्ने विधिका बारेमा सबैले जानकारी राख्नुपर्ने समय आएको उनले बताए । बैंकका देशभरी २८७ शाखा कार्यलयहरु, २६३ शाखारहित बैंकिङ्ग एजेन्ट, २५२ एटिएम साथै युके, इन्डिया र अस्ट्रेलियामा समेत सेवा प्रदान गर्दै आईरहेको छ । हाल सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंकको हालै सम्पन्न साधरण सभाले पारित गरेको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी २३ अर्व ७९ करोड रुपैया पुग्ने जनाईएको छ । हाल बैंकले २ खर्ब ७४ अर्ब भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ ।

Advertisment