अर्थ र वाणिज्य

ढोरफिर्दी सहकारीमा पुनः शिवशंकर

By Meropati
२०८३ कार्तिक ३, सोमवार
ढोरफिर्दी सहकारीमा पुनः शिवशंकर

दुलेगौंडा, २६ कार्तीक । तनहुँको शुक्लागण्डकी–८ ढोरफिर्दीमा सञ्चालित ढोरफिर्दी बचत तथा ऋण सहकारी सस्था लि।को चौथो बार्षिक साधारण तथा दोस्रो अधिवेशनले पुनः शिव शंकर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

अधिवेशनले आगामी ४ वर्षकोलागि समितिको उपाध्यक्षमा गोविन्द सिग्देल, सचिवमा गुमानसिं थापा, कोषाध्यक्षमा घनश्याम बानियाँ र सह सचिवमा मैया बानियाँलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा धुर्वकुमार महत, रेशमीकुमारी आले, प्रकाश बानियाँ, जगदिश काफ्ले रहेका छन् । लेखा समिति संयोजकमा निरोज भट्टराई र सदस्यहरुमा विवेक बानीय र गोमा महत छन् । घनश्याम बानियाँको संयोजकत्वमा कर्जा उपसमिति गठन गरिएको छ । सदस्यमा चन्द्रकान्त भट्टराई हरिश्चन्द्र महत रहेका छन् । प्रकाश भट्टराईको संयोजकत्वमा शिक्षा उपसमिति गठन गरिएको छ । सदस्य नविन घिमिरे र रविना रोकाहा महत छन् ।

यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटनका क्रममा संचालक समिति अध्यक्ष शिवशंकर बानियाँले सहकारीको मर्म र भावनाको अनुरुप सवै शेयरधनि सदस्यहरु विच सहकार्य हुन सकेमा संस्थाले लिएको लक्ष पुरा गराउन सहज हुने बताए । सभामा अध्यक्ष शिवशंकर बानियाँ, कोषाध्यक्ष घनश्याम बानियाँ र लेखा समितिका का।बा। संयोजक निरोज भट्टराईले बार्षिक प्रतिवेदन पेश गरि छलफल र सुझाव सहित प्रतिवेदनहरु पारित गरिएको थियो । सभामा उन्नति कृषी सहकारी संस्था दुलेगौडाका अध्यक्ष पदमवहादुर बानियाँ, सामुदायिक मेलमिलाप कर्ता समाज नेपालका केन्द्रिय सदस्य दुर्गा वहादुर महत, शेयरधनी सदस्य देवकी महत र शुक्लागण्डकी नगरपालिका वडा नं। ९ का सदस्य दिलवहादुर थापाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव गुमानसिंह थापाले गरेका थिए ।

0 SHARES
सेयर गर्नुहोस्: