दुलेगौंडा, १५ भदौ । तनहुँको दुलेगौंडामा रहेको लिटल गार्डेन इङ्लीस बोर्डिङ स्कुल रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा विभिन्न स्थानमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि ३५ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयका शिक्षक र कर्मचारीबाट संकलित सो रकम दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको निर्देशक उदय पौडेलले जानकारी दिए ।
विद्यालयले पुनःस्थापनाका लागि सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त रकम ’प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा जम्मा गरेको हो । स्कुलले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहतमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति उच्च सम्मानसमेत व्यक्त गरेको छ ।





