दुलेगौंडा, १९ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक एवम् कक्षा ११÷१२ संयोजक लक्ष्मण पुरीले स्वर्गीय आमाको स्मृतिमा कोष स्थापना गरेका छन् ।
लक्ष्मणका बुबा दामोदर पुरी,दाजुभाइहरू भेषराज,कृष्ण,मोहनराज र मीनराज पुरीको परिवारले स्वर्गीय बुधमाया पुरीको स्वर्गारोहण भएको ४५ औँ दिनको पुण्य स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ को “आमा बुधमाया अक्षयकोष” स्थापना गरेका हुन् । सो रकमको चेक मंगलवार विद्यालयका प्रधानाध्यापक विमल जोजिजुलाई हस्तान्तरण गरे । कोषबाट कार्यविधि निर्माण गरी कार्यविधिअनुसार छात्रवृत्ति वितरण गरिने विद्यालयले जनाएको छ ।





