चिसापनीमा पहिलो कृषि पशुपन्छी प्रदर्शनी मेला–२०८२ सम्पन्न

दुलेगौंडा, १५ चैत । चिसापानी साना किसान कृषि सहकारीको आयोजनामा स्याङजाको हरिनास–२ चिसापानीमा दुई दिने कृषि पशुपन्छी प्रदर्शनी मेला सम्पन्न भएको छ । हरिनास–२ चिसापानीमा पहिलो पटक भएको प्रदर्शनीको हरिनाश गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले समापन गरे ।

सो अवसरमा उनले शुरुवातमा आफ्नो घरपरिवारलाई चाहिने तरकारीजन्य बस्तु उत्पादन गरि आफैलाई पु¥याउन सकेमात्र धेरै पैसा बाहिर जानबाट रोकिने बताए । अहिले बजारबाट आएका तरकारीजन्य गाडीमा तरकारी किन्न धेरै भिड देख्न सकिन्छ, उनले भने, वडा र पालिकाले गर्नुपर्ने सबै सहयोग गर्न तयार र्छौ । तर आफूलाई पुग्ने तरकारी आफै उत्पादन गरिदिनुहोस । वडा नंं ३ का अध्यक्ष ओमप्रकाश सिग्देलले गाउँघरका खेतबारी बाझो हुने क्रम बढेको बताउदै सामुहिक खेतीतर्फ जानुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष प्रकाश पौडेलले किसानमैत्री सेवा प्रवाह आवश्यक रहेको उल्लेख गर्दै सरकारी प्रक्रियालाई सरल बनाउन सुझाव दिए । कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख प्रकाश बस्ताकोटी, गाउँपाकिला कृषि शाखा प्रमुख हरि प्रसाद गैहे«, सहकारीका उपाध्यक्ष चित्र बहादुर गुरुङ लगायतले बोलेका थिए ।
हरिनाश गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रदर्शनीमा किसानहरूले पिँडालु, केरा, गहुँ, बन्दा, फर्सी, अमला, चामल, अनादी, कुखुराको अचार, सुकुटी, आलु, अदुवा, बेसार, कफी, खसी, बोका, जर्सी गाई, भैंसी लगायतका कृषि उपज तथा पशुपन्छी प्रदर्शन गरेका थिए । सोहि अवसरमा भाले पशुमा बन्ध्याकरण सेवा, गोबर परीक्षण, पशुपन्छीको स्वास्थ्य परीक्षण, गर्भ परीक्षण, परामर्श सेवाका साथै निशुल्क औषधि वितरण गरिएको पौडेलले बताए ।

वि।स। २०७७ सालमा स्थापना भएको सहकारीले वित्तीय साक्षरताको अलवा छरिएर रहेका पुँजीलाई एकत्रित गरि किसानलाई सहुलियत दरमा कर्जा लगानी, विउविजन, मल उपलब्ध गराउदै आएको छ । सहकारीमा हाल करिव ९ सय ४० सदस्य आवद्ध छन् । हाल वडा नं। १, २ र ३ नं। वडामा सेवा प्रदान गर्दै आइरहेको यस सहकारीले आगामी दिनमा अन्य वडामा समेत सेवा विस्तार गर्दैछ ।

Advertisment