खबर

पाथर्दी खेल मैदानमा बत्ती जडान

By Meropati
२०८३ कार्तिक ४, मङ्लबार
पाथर्दी खेल मैदानमा बत्ती जडान

दुलेगौंडा, १५ मंसिर । तनहुँको भिमाद नगरपालिका वडा नं. ९ स्थित पाथर्दी खेल मैदानमा बत्ती जडान गरिएको छ ।

Advertisement

रातको सयमा समेत विभिन्न खेल तथा साँस्कृतिक कार्यक्रम गर्न सक्ने गरि खेल मैदानमा रात्री बत्ती जडान गरिएको पाथर्दी सामुदायिक होमस्टेका अध्यक्ष शिव कुमार आलेले जानकारी दिए । वडा कार्यालयले विनियोजन गरेको १ लाख ५० हजार रुपैयाको लागतमा बत्ती जडान गरिएको हो । उनका अनुसार खेल मैदानमा फुटसल, भलिबल लगायतका खेल रातमा समेत खेल्न सकिने छ । ४ वटा स्टिलका पोल राखेर १ सय ५० वाटका चारैतिर ४ वटा बल्ब जडान गरिएको हो ।

वडा अध्यक्ष इमान बहादुर थापाले होमस्टेको विकास र प्रचारकोलागि वडाबाट आवश्यक सहयोग रहने बताए । वोर जातको ब्याड बोकाको पकेट क्षेत्रबाट अगाडी बढेको पाथर्दी गाउँमा केहिवर्षअघि होमस्टे पनि सञ्चालनमा आएको छ ।

0 SHARES
सेयर गर्नुहोस्: