दुलेगौंडा, १५ चैत । लायन्स क्लब अफ दुलेगौंडा–खैरेनी सिटीको वर्ष २०२६÷२७ का लागि अध्यक्षमा राम लम्साल निर्वाचित भएका छन् ।
क्लवको दुलेगौंडामा सम्पन्न २१औँ अधिवेशनबाट प्रथम उपाध्यक्षमा लायन शम्भु पौडेल, द्वितीय उपाध्यक्षमा विष्णु प्रसाद अर्याल, सचिवमा लायन खिमलाल काफ्ले र कोषाध्यक्षमा धर्मराज पोख्रेललाई सर्वसम्मत चयन भए ।
सो अवसरमा डिस्ट्रिक काउन्सिलर एमजेएफ लायन मोती प्रसाद पौडेलले नयाँ नेतृत्वलाई बधाई दिदै सफल कार्यकालको कामना गरे । कार्यक्रममा लायन वर्ष २०२५÷२६ का अध्यक्ष सुरज कुमार श्रेष्ठ, सचिव लायन शम्भु पौडेल लगायतको उपस्थिति रहेको थियो ।
लायन्स क्लव अफ दुलेगौंडा–खैरेनी सिटीमा राम लम्साल
१५ चैत्र २०८२, आईतवार
Advertisment





