स्थानिय समाचार

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीको शुभकामना आदानप्रदान

By Meropati
१४ घण्टा अघि
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीको शुभकामना आदानप्रदान

दुलेगौंडा, ३० असोज । नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद् शुक्लागण्डकीले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजयादशमी, दिपावली, छट पर्व २०८३ र नेपाल संवत ११४७ को अवसरमा खैरेनीटारमा आयोजित कार्यक्रममा सहभागीले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।
सो अवसरमा उनीहरुले विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । नगर समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुल कुमार कुमालले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्दै सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सल्लाहकार परिषद सदस्य सुमन आलेले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता बोकेको देश भएकाले सबै जातजाति र समुदायबीच आपसी सम्मान, सहकार्य र सद्भाव कायम राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे । कार्यक्रममा स्वागत उपाध्यक्ष सुरेन्द्र तामाङ र सञ्चालन सचिव विर्सना श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा वडा व्यवस्थापन समिति, राष्ट्रिय महिला संघ लगायतबाट पनि सहभागिता रहेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
0 SHARES
सेयर गर्नुहोस्: