खबर

मंसिर दोस्रो साता शुक्लागण्डकीमा नेपथ्यको लाईभ कन्सर्ट हुने

By Meropati
२०८३ कार्तिक १, शनिबार
मंसिर दोस्रो साता शुक्लागण्डकीमा नेपथ्यको लाईभ कन्सर्ट हुने

दुलेगौंडा, १२ असोज । लायन्स क्लव अफ शुक्लागण्डकीको आयोजनामा आगामी मंसिर १२ गते शुक्लागण्डकीमा नेपथ्यको लाईभ कन्सर्ट हुने भएको छ ।

Advertisement

वडा नंं ५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा हुने महोत्सको तयारी शुरु गरिएको सोमवार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कन्सर्टबाट बचत भएको रकम यस क्षेत्रका पालिकाहरुमा खर्चिने क्लवले जनाएको छ । सो अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले नेपथ्यको प्रस्तुतीले शुक्लागण्डकीलाई देश विदेशमा चिनाउन सहयोग पुग्ने विश्वास गरे । क्लव अध्यक्ष देवेन्द्र ढुंगानको अध्यक्षतामा भएको कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, शुनपा–५ का वडा अध्यक्ष दिर्घ बहादुर थापा, क्लवका सचिव सुरेश पौडेल, शंकर पन्त लगायतले बोलेका थिए । सो अवसरमा नेपथ्य लेखेको टिर्सट अनावरण गरिएको थियो ।

पोखराबाटै उदाएको नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । भोकलिष्ट अमृत गुरुङ सहितको टोलीले कन्सर्टमा आफ्नो प्रस्तुती राख्ने कार्यक्रम संयोजक एवम् शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजुले जानकारी दिए । कन्सर्टकालागि अनलाईनबाट टिकट विक्रि खुल्ला भइसकेको छ ।

विज्ञापन
Advertisement
0 SHARES
सेयर गर्नुहोस्: