स्थानिय समाचार
कोत्रेमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आज सकिदै

दुलेगौंडा, १ कार्तिक । तनहुँको शुक्लागण्डकी–२ कोत्रे बजारमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आइतवार सकिदै छ । सिद्धेश्वर पाञ्चायन मन्दिर व्यवस्थापन समितिको आयोजनामा असोज २५ गते शुरु महायज्ञ आज समापन गर्न लागिएको हो ।
समितिका अध्यक्ष खेमराज खनालले नवरात्रको अवसरमा सप्ताहव्यापी रुपमा आयोजित महायज्ञ समाजमा धार्मिक जागरण सिर्जना गर्न र देशमा भएका महाविपत्तिबाट प्रभावितहरूको कल्याणको कामना गरिएको बताए ।
महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गरिरहेका छन् ।
कोत्रेमा यसअघि पनि दसैँको अवसरमा नवरात्रभर दैनिक धार्मिक कार्यक्रम हुँदै आएकोमा यस वर्ष विशेष कार्यक्रम गरिएको हो ।






