खबर

श्रीमायाद्धारा जन्मदिनमा शारिरिक अपाङ्गता भएकी दुर्गामायालाई सहयोग

By Meropati
२०८३ कार्तिक ४, मङ्लबार
श्रीमायाद्धारा जन्मदिनमा शारिरिक अपाङ्गता भएकी दुर्गामायालाई सहयोग

दुलेगौंडा, ११ मंसिर । तनहुँको शुक्लागण्डकी–४, दुलेगौंडा निवासी महिला उद्यमी श्रीमाया गुरुङले आफ्नो जन्मदिनमा शारिरिक अपाङ्गता भएकी दुर्गामाया विकलाई आर्थिक सहयोग गरेकी छिन् ।

Advertisement

शुक्रवार आफ्नो ४९ औं जन्मदिनको अवसरमा दुबै खुट्टा गुमाएकी शुक्लागण्डकी–३, बेसारेगौंडा निवासी ४१ वर्षिय विकलाई न्यानो कपडासहित नगद १० हजार ५ सय रुपैया प्रदान गरेकी हुन् । वि.क.को २०६१ सालमा रुखको घाँस काट्ने क्रममा लडेर मेरुदण्ड भाँचिएको हो । दुर्घटना भएको ७ वर्षपछि रिसेटको आर्थिक सहयोगमा उपचार गर्ने क्रममा उनको दुबै खुट्टा काट्नु परेको थियो ।

दुर्घटनामा उनको पीसाब थैली समेत फुटेकाले पायपमार्फत पिसाबको निकास हुदै आएको छ । नियमित रुपमा औषधी सेवन गर्दै आएकी वि.क.को मासिक करिव ३ हजार रुपैया औषधीमा खर्च हुने गरेको छ । ३÷३ महिनामा पोखरास्थित हरियोखर्क अस्पतालमा नियमित रुपमा उपचार गराइरहेको विकले बताईन् । हाल उनका छोराले स्याहार सुसार गर्दै आएका छन् । उनी ह्वील चियरमा समेत लामो समय बस्न सक्दिनन् ।

उनले जन्मदिनमा घरमै आएर सहयोग गरेकोमा सहयोगदातालाई धन्यवाद दिईन् । जन्म दिनमा फजुल खर्च गर्नुभन्दा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्नु ठूलो धर्म ठानेर सानो सहयोग गरेको श्रीमायाले बताईन् । दुलेगौंडास्थित गुरुङ स्र्टोसकी सञ्चालक समेत रहेकी उनले यसअघि जन्मदिनमा पनि विभिन्न वृद्धाश्रममा गएर सहयोग गर्दै आएकी छिन् ।

0 SHARES
सेयर गर्नुहोस्: