युवा संघ शुनपा–५ मा विनय

दुलेगौंडा, ८ मंसिर ।  राष्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगरपालिका वडा नं. ५ को अध्यक्षमा विनय तिमील्सीना सर्वसम्मत निर्वाचित भएका छन् । मंगलवार भएको युवाहरुको भेलाले तिमील्सीनको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन भएको हो ।

उपाध्यक्षमा सन्जि खातुन, सचिवमा शिशिर थापा, सह–सचिवमा पासाङ तामाङ लगायत रहेका छन् । सो अवसरमा बोल्दै युवा संघका केन्द्रिय सचिव एवम् प्रदेश संयोजक महेन्द्र गुरुङले चितवनमा हुने एमालेको १० औं महाधिवेशन सफल पार्न सम्पूर्ण युवाहरु एक जुट हुन आग्रह गरे ।

युवा संघ शुक्लागण्डकी नगर कमिटी सहसंयोजक रामचन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ गण्डकीका सचिव विकास अधिकारी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य देवलाल खनाल, नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना, कोमल बहादुर बानीया, कार्यक्रम संयोजक संजय तिमील्सीना लगायतले बोलेका थिए ।

Advertisment