मुख्य खबर
कोत्रेमा भारतीय गाडीले ट्याक्सी र स्कुटरलाई ठक्कर दिदा ६ जना घाइते

दुलेगौंडा, ३ कार्तिक । तनहुँको शुक्लागण्डकी–२, कोत्रेमा भारतीय गाडीले ट्याक्सी र स्कुटरलाई ठक्कर दिदा ६ जना घाइते भएका छन् । दमौलीबाट पोखरातर्फ जादै गरेको बीआर ११ बीडब्लु ६०६७ नम्बरको भारतीय स्कारपियोले लेन क्रस गरेर शुरुमा ग १ ज २०६६ नं. को ट्याक्सी र पछि ग ०१००२ प १४२ नं. को स्कुटरलाई ठक्कर दिएको हो । दुलेगौंडातर्फ आउदै गरेको ट्याक्सीमा सवार चालकसहित ५ र स्कुटर चालक १ जना घाइते भएका हुन् । स्कुटर चालक पोखरा–८ की ३० वर्षिय रुपा गुरुङ घाइते भएकी छन् । ट्याक्सीमा सवार ४ जना पोखरा–१० बस्ने एउटै पारिवारका हुन् । उनीहरुको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपियो, ट्याक्सी र स्कुटर इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा रहेको छ ।






