अर्थ र वाणिज्य

पोखरामा फ्लाई दुबईको बर्षैभरी दैनिक उडान, २०८४ कात्तिकसम्मलाई खुल्योे बुकिङ

By Meropati
३ दिन अघि
पोखरामा फ्लाई दुबईको बर्षैभरी दैनिक उडान, २०८४ कात्तिकसम्मलाई खुल्योे बुकिङ

पोखरा -फ्लाई दुबईले पोखरामा दैनिक उडान निरन्तर गर्ने भएको छ। यस अघि विन्टर सिजन अर्थात चैत्रसम्मको लागि मात्र उडानको तालिका तय भएको थियो। अब भने बर्षैभर दैनिक उडान गर्ने भएको छ। दुबई पोखरा दुबईको लागि २०२७ अक्टोबर अर्थात २०८४ साल कात्र्तिकसम्म टिकट बुकिङ खुल्ला भएको छ। गत असोज ७ गतेबाट फ्लाई दुबईले पोखरामा दैनिक अन्तर्राष्ट्रिय उडान गरेको थियो।

Advertisement

उडान सुरु भएको २० दिनमै थप एक वर्षको लागि बुकिङ खुल्ला गरेको हो। उडान तालिका एक वर्ष थप भएपछि पोखरामा उत्साह छाएको छ।
पछिल्लो १९ दिनमा फ्लाई दुबई मार्फत ३ हजार ११३ जना पोखरा आएका छन्। पोखराबाट १ हजार ४२३ जना पोखराबाट दुबई प्रस्थान गरेका छन्।

विज्ञापन
Advertisement
0 SHARES
सेयर गर्नुहोस्: