दुलेगौंडा, ११ पुष । रास्ट्रिय युवा संघ नेपाल शुक्लागण्डकी नगरपालिका वडा नं. ११ को प्रथम अधिवेशन बाट किशान थापा मगर को अध्यक्षतमा १०१ सदस्सियसर्वसम्मत कमिटी गठन गरिएको छ । राइपुरमा शनिवार भएको भेलाले उपाध्यक्षमा सागर परियार र जित बहादुर गुरुङ, सचिवमा कपिल क्षेत्री, सहसचिवमा दुर्गा बहादुर भुजेल र अस्मिता श्रेष्ठ सर्वसम्मत भए ।
नगर संयोजक किसान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य इश्वर श्रेष्ठ, नेकपा एमाले जिल्ला सदस्य फूलमाया वाग्ले, एमाले नगर सहसचिवव युवराज भट्टराई, नगर सदस्य डोलमाया गुरुङ, नेकपा एमाले वडा नं. ११ का अध्यक्ष कृष्ण भट्टराई, वडा कमिटी सचिव हुम बहादुर थापा लगायतले बोलेका थिए ।





