दुलेगौंडा, २९ मंसिर । ने.क.पा.एकिकृत समाजवादी वडा १०.को अध्यक्षमा श्रीराम पौडेल सर्वसम्मत भएका छन् । पौडेलको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी सर्वसम्मत भएको हो । मंगलवार पौवामा भएको भेलाले सचिब युक्त बहादुर थापा चयन भए । यसैगरी युवा संघ नेपाल वडा कमिटीको अध्यक्ष केस कुमार गुरूङ र सचिवमा बिशाल सुनार सर्वसम्मत भए । सो अवसरमा ने.क.पा.(एकिकृत समाजवादी ) का केन्द्रीय सदस्य रेखा थापा बस्यालले निर्वाचनमा चिन्ह भन्दा पनि पार्टी र गतिलो उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिइन् ।
धन बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य चित्र थापा जिल्ला कमिटी उपाध्यक्ष थमन आले, नगरकमिटि अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, सचिव कमल ढकाल, जिल्ला कमिटि सदस्यहरू राम कुमार श्रेष्ठ ,सन्तोष वाग्ले, राम बहादुर थापा क्षेत्री, दिर्घ बहादुर थापा लगायतले सम्बोधन गरेका थिए ।





