सामुदायिक मेलमिलापकर्ता समाज तनहुँको साधारणसभा

दुलेगौंडा, २७ मंसिर । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल जिल्ला शाखा तनहुँको ११ औं वार्षिक साधारणसभा दमौलीमा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथी सामुदायिक मेलमिलापकर्ता समाज नेपालका केन्द्रिय सदस्य दुर्गा बहादुर महतले मेलमिलापकर्तालाई पालिकाहरुले बेलैमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

मेलमिलापकर्ताबाट न्यायमा पहुँच पु¥याउने हुदा उनीहरुको क्रियाशिलताले न्यायिक समितिमा समेत चापक कम हुने उल्लेख गरे । जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व उपाध्यक्ष रामकुमारी भुषाल, शिवराज अधिकारी, विष्णुमाया श्रेष्ठ, समाजका सचिव सनम तामाङ्, सहसचिव जिवन पोख्रेल लगायतले बोलेका थिए ।

Advertisment