फिरफिरेमा बाली उपचार शिविर

दुलेगौंडा, २२ मंसिर । बालीनालीमा लाग्ने रोग तथा किरा नियन्त्रणका लागि शुक्लागण्डकी–१२ मा एकदिने बाली उपचार शिविर मंगलवार सम्पन्न भएको छ ।
बाली संरक्षण कार्यालय पोखराको आयोजनामा भएको सो शिविरमा करिव २ दर्जन किसान सहभागि भएका थिए । उनीहरुले बालीमा लागेका विभिन्न रोग किरा र समस्याबारे जानकारी लिएका थिए । गाउँमै कृषि प्राविधिक आएर हाम्रो बालीमा लागेको रोगकीराका बारेमा सोधपुछ गरी उपचार पद्दतिका बारेमा जानकारी दिँदा धेरै राहत मिलेको स्थानीय अञ्जिता गुरुङले बताईन् । उनले लामोसमयसम्म लगाएको कागती नफलेको भन्दै निदानकोलागि ल्याएकी थिइन् । उनले ल्याएको कागतीलाई थप निधानकोलागि पोखरा पठाईको प्लान्ट डाक्टर सरस्वती गौतमले जानकारी दिईन् ।
उनका अनुसार पछिल्ला समयमा अमिला जातका फलफुलको बुट मर्ने, फल फुट्ने, किरा लाग्ने समस्या देखिएको छ । ‘कतिपय समस्या पहिचान र निदान गरेर पठाइयो,’ उनले भने, ‘हाँ समाधान नभएकालाई थप निधानकोलागि बाली संरक्षण कार्यालय पोखरा पठाइएको छ ।’ शिविरले किसानलाई रोगव्याधी र उपचारबारे सजग गराउने बाली संरक्षण प्रयोगशाला पोखराका प्राविधिक सहायक सुमन कुँवरले बताए ।

Advertisment