दुलेगौंडा, १५ मंसिर । लायन्स क्लव अफ तनहुँ बेलचौताराको आयोजनामा बेलचौतारामा मंगलवार सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ६९ युनिट रगत संकलन भएको छ ।
सो अवसरमा बोल्दै लायन्स ब्लब बैंक चिफ महेश पौडेलले शुक्लागण्डकीका लायन्स क्लवहरुले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गरे । उनले रगत मानव जीवनकोलागि अतिआवश्यक भएको बताउदै रगत संकलनमा लायन्सले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । लायन्स मोडेल भिलेज तनहुँका प्रमुख कृष्ण प्रसाद पौडेलले रगतको समस्या भएमा लायन्स क्ल्वसँग सहकार्य गरे रगत उपलब्ध गराउन सकिने उल्लेख गरे ।
लायन्स क्लव अफ तनहुँ बेलचौताराका अध्यक्ष प्रकाश तिमील्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापा, क्लवका क्लष्टर प्रमुख सन्तोष घिमिरे, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक ज्ञान बहादुर खड्का, सीनीयर एओजी मोती प्रसाद पौडेल, रिजन चेयर पर्सन प्रदिप थापा, जोन चेयर पर्सन राज बहादुर थापा, लायन्स क्लव अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष फडिन्द्र पौडेल लगायत, क्लवका सचिव उत्सव भुजेल लगायतले बोलेका थिए ।
लियो क्लव अफ खैरेनीटार दुलेगौंडा मन्त्रको सहकार्यमा भएको कार्यक्रमको प्राविधिक सहयोग क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराले गरेको थियो । रक्तदान कार्यक्रममा युनाइटेड इस्लामिक युवा क्लव बेलचौताराबाट २ दर्जन बढि युवायुवतीहरुले रक्तदान गरेका थिए ।





