दुलेगौंडा, ११ मंसिर । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीको प्रथम नगर अधिवेशनको तयारी पुरा भएको छ । शनिवार दुलेगौंडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा हुने अधिवेशनको केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ ।
अधिवेशनपूर्व विपीचोकबाट ¥याली निकालिने नगर कमिटी सचिव मनराज गुरुङले जानकारी दिए । उनका अनुसार अधिवेशनले नगरको नयाँ नेतृत्व चयन गर्नेछ ।
शुक्लागण्डकीमा माओवादी केन्द्रका २ हजार ३ सय ५० संगठित सदस्य छन् भने नगर प्रतिनिधी २ सय जना रहेको पार्टीले जनाएको छ । माओवादीले यसअघि टोलहुदै वडा तहसम्मको भेला र अधिवेशन सम्पन्न गरिसकेको छ ।
माओवादी शुक्लागण्डकीको प्रथम अधिवेशन आज
११ मंसिर २०७८, शनिबार
Advertisment





