काङ्ग्रेस तनहुँ २ ‘ख’ को सभापतीमा ईन्द्र बहादुर

दुलेगौंडा, २ मंसिर । नेपाली काङ्ग्रेस तनहुँ २ ‘ख’ को सभापतीमा ईन्द्र बहादुर आले सर्वसम्मत भएका छन् । उपसभापतीमा ईमान सिं थापा र आनान्द देव श्रेष्ठ, सचिबमा सुशील कुमार श्रेष्ठ र अशोक गिरि चयन भए ।

सह सचिवमा माधव लम्साल र चुन नारायण श्रेष्ठ सर्वसम्मत भए । खुल्ला सदस्यहरुमा नारायण प्रसाद भट्टराई , ध्रुब कुमार श्रेष्ठ, मथुराकृष्ण श्रेष्ठ, श्रीराम आले, राजेन्द्र अर्याल, बिष्णुबिर थापा, मदन थापा, खुल्ला महिलातर्फ निरा आले, भबिसरा आले, सीता कुमाल, जनजाती महिलातर्फ रो माया थापा, तिलिसरा थापा चयन भए । दलिततर्फ कुल बहादुर बि.क., खस आर्यमा बिजयराज सुवेदी, अपङ्गता अल्पसंख्यकमा चीन बहादुर आले सर्वसम्मत भए । अन्य प्रदेश समितिमा विहिवार मनोनयन दर्ता गरिएको छ भने शुक्रवार मतदान हुने छ ।

Advertisment