मंसिरको पहिलो साता ज्ञान बगैचामा सातौं राष्ट्रिय स्क्र्यावल प्रतियोगिता हुने

दुलेगौंडा, २६ कार्तीक । खेलको माध्यमबाट प्रवल सक्रिय सिकाइका लागि रुपान्तरणमा क्रियाशिल संस्था स्क्र्यावल क्लव पोखराको आयोजनामा मंसिरको पहिलो साता सातौं राष्ट्रिय स्क्र्यावल प्रतियोगिता हुने भएको छ ।

ज्ञान बगैंचा ईङ्लिस बोर्डिङ स्कुलको सहकार्यमा हुने प्रतियोगितामा १७ बर्ष मुनि उमेर समुहका कक्षा १० सम्म अध्ययनरत पचासजना प्रतिस्पर्धीहरु सहभागि हुने स्क्र्यावल क्लव पोखरा तनहुँ जिल्ला संयोजक विनोद पौडेलले जानकारी दिए । उनका अनुसार ज्ञान बगैंचामा मंसिर ४ गते विहान ९ बजेदेखि दिउसो २ बजेसम्म प्रतियोगिता हुने छ । सो अवसरमा अँग्रेजी, गणित र नेपाली स्क्र्यावल लगायत अन्य सिकाइसँग सम्बन्धित सामग्रीहरुको बारेमा जानकारी तथा विक्रीवितरण समेत गरिन क्लवका अध्यक्ष केशवप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतियोगिताका संयोजक पौडेलका अनुसार प्रतियोगिताले अँग्रेजी विषयको शिक्षण सिकाइलाई उल्लेख्य रूपले योगदान पुराउने छ । क्लवले गणित, नेपाली स्क्र्यावलका अतिरिक्त स्पेलिङ बी, वर्ल्ड युथ पार्लियामेण्ट आदि प्रतियोगिताका अतिरिक्त शिक्षक, विद्यार्थीका लागि विभिन्न तालिमहरू गर्दै आएको छ । संस्थाले हरेक विद्यालयमा एउटा स्क्र्यावल क्लव स्थापना गरी त्यस मार्फत् बोर्डगेम लगायतका सिकाइ सामग्रीहरुको उत्कृष्ट अभ्यास र अनुभवहरूको आदानप्रदान गर्ने लक्ष्य राखेको क्लवका कोषाध्यक्ष पूर्णबहादुर रानाले बताए ।

Advertisment