नेपाल युनाइटेड र जनपुस्तकालय सेमिफाइनलमा प्रवेश

जन–पुस्तकालयको ४२ औं वार्षिकोत्सव

दुलेगौंडा, १६ कार्तीक । जन–पुस्तकालय शुक्लागण्डकी–५ को आयोजनामा जारी सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमवार ५ खेल सकिएको छ ।

खैरेनीटार एफसी र जनजागृति क्लवबीच भएको पहिलो खेलको निर्धारित समयमा कुनै गोल नभएपछि पेनाल्टीमा ३–२ ले खैरेनीटार एफसी विजयी हुदै क्वाटरफाइनलमा पुग्न सफल भयो । दोस्रो खेलमा जनसेवा एफसीले नमुना एफसीलाई ५–१ ले हराउदै जनसेवा क्वाटरफाइनलको यात्रा तय गरेको छ । सोमवार भएको तेस्रो खेलको पहिलो क्वाटरफाइनलमा नेपाल युनाइटेड र फ्रेन्डसीप एफसीबीच भएकोमा १–० ले नेपाल युनाइटेड सेमिफाइनलमा पुग्न सफल भयो । यस्तै दोस्रो क्वाटरफाइनलमा भेट्रान्स एफसीलाई १–० ले पराजित गर्दै जनपुस्तकालय सेमिफाइनलमा पुगेको छ । मंगलवार ४ खेल हुने आयोजकले जनाएको छ ।

जनपुस्तकालयको ४२ औं वार्षिकोत्सवको अवसरमा बेलचौतारा खेलमैदानमा आयोजित प्रतियोगितामा २३ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने समुहले ३३ हजार र द्धितीयले २२ हजार साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सोहि अवसरमा खुल्ला कविता वाचन प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वनाले क्रमशः ५ हजार, ३ हजार २ हजार र १ हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताको समापन कार्तीक १७ गते हुने छ ।

 

Advertisment