दुलेगौंडा, १० साउन । साउनको अन्तिम साता शुक्लागण्डकी–५ बेलचौतारामा ढोरबराही कप–२०८३ हुने भएको छ । माइलो ग्याङ्गको आयोजना र एम टु पिएम को सआयोजनामा साउन २५ देखि २८ गतेसम्म प्रतियोगिता हुन लागेको हो । खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागिताकालागि साउन २३ भित्र दर्ता गर्नुपर्ने विशाल ठकुरीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद ८० हजार, द्धितीयले ५० हजार, तृतीयले २० हजार र साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै सान्त्वनाले १० हजार नगद पाउनेछन् ।
साउनको अन्तिम साता बेलचौतारामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
१० श्रावण २०८३, आईतवार





