खबर

अक्सिजन सिलिण्डर लुकाएको पाइएमा कारबाही गरिने

By Meropati
२०८३ अशोज ४, आइतवार
अक्सिजन सिलिण्डर लुकाएको पाइएमा कारबाही गरिने

अक्सिजन सिलिण्डर आवस्यकताभन्दा बढी जथाभावी रुपमा लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरी कडा कारबाही गर्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गरी मन्त्रालयले कोभिड १९ सङ्क्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिण्डरमा कालोबजारी भएको निष्कर्ष निकालेको हो ।

सरकारको निर्णय विपरीत अझै पनि अक्सिजन उद्योगधन्दामा प्रयोग गर्ने गरेको पाइएको मन्त्रालयको अनुगमनमा फेला परेको जनाएको छ । धेरै खाली सिलिण्डर र अक्सिजनसहितका सिलिण्डर भण्डारण गरी राखेको अवस्थामा पाएको भन्दै उद्योगव्यवसायी र सरोकारवालालाई तत्काल कोभिड अस्पताललाई उपलव्ध गराउन परिपत्र गरेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनुभयो ।

सरकारको निर्णय उल्लङ्घन गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अन्र्तगत कडा कारबाही गर्ने मन्त्रालयले जनाएको छ । यता कोभिड सङ्क्रमित बिरामीहरुले भने अक्सिजन खान नपाएर झन् समस्या खेप्न बाध्य भएका अधिकारीले बताउनुभयो । सरकारले तत्काल विदेशी मुलुकबाट ५० हजार अक्सिजन सिलिण्डर ल्याउने निर्णय गरेको छ भने चीनबाट २० हजार सिलिण्डर ल्याउन प्रक्रिया अघि बढाइसकेको जनाएको छ । source: https://gorkhapatraonline.com/health/2021-05-06-36909

0 SHARES
सेयर गर्नुहोस्: