खबर

नेत्री झाँक्री रिहा

By Meropati
२०८३ अशोज ४, आइतवार

राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ ।

राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैव सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि उहाँलाई छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । उक्त कसुर गरेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले झाँक्रीलाई काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलस्थित निवासबाट पक्राउ गरेको थियो । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध ‘अशोभनीय’ टिप्पणी गरेपछि उहाँको आलोचना हुँदै आएको थियो । सत्तारुढ नेकपानिकट अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । सोही निवेदनको आधारमा प्रहरीले अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता कुँवरले बताउनुभयो ।

रिहापछि झाँक्रीले प्रतिक्रिया दिँदै राष्ट्रपति संस्थाप्रति आफ्नै सधैँ सम्मान रहेको बताउनुभयो ।

0 SHARES
सेयर गर्नुहोस्: