खबर

अहिले स्पष्ट धारणा तय गर्न केन्द्रीय समिति बैठक आवश्यक :काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

By Meropati
२०८३ अशोज ४, आइतवार
अहिले स्पष्ट धारणा तय गर्न केन्द्रीय समिति बैठक आवश्यक :काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौँ, २१ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका बेला काँग्रेसको केन्द्रीय समिति बैठक बोलाउन आवश्यक भएको बताउनुभएको छ ।

उहाँले यसबारेमा पार्टी सभापति शेरबहादुर देउवालाई आफूले भनेको समेत उल्लेख गर्नुभएको छ ।
“ पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ ।

मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाएर आवश्यक छलफल गर्न भनेको छु”, वरिष्ठ नेता पौडेलले टवीटमा उल्लेख गर्नुभएको छ । उहाँले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेको र संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी हो भन्दै यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले छलफल गरेर एउटा धारणा तय गर्नुपर्ने बताउनुभएको हो ।

0 SHARES
सेयर गर्नुहोस्: