खेलकुद

पोखरामा क्रिकेट छनोट प्रतियोगिता, माछापुच्छ«े क्रिकेट क्लबद्धारा पोखरा क्रिकेट क्लब १४ रनले पराजित

By Meropati
२०८३ कार्तिक ५, बुधबार
पोखरामा क्रिकेट छनोट प्रतियोगिता, माछापुच्छ«े क्रिकेट क्लबद्धारा पोखरा क्रिकेट क्लब १४ रनले पराजित

पोखरा, २३ मङ्सिर । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबारदेखि क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता शुरु भएको छ । पहिलो दिन मंगलबार भएको उदघाटन खेलमा माछापुच्छ«े क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई १४ रनले पराजित गरेको छ । टस हारेर व्याटिंगमा उत्रिएको माछापुच्छ«े क्रिकेट क्लबले कप्तान दिपेश खत्रीको शतकीय पारीमा ६ विकेटको क्षतिमा ५० ओभर पुरा खेल्दै २७१ रनको विशाल योगफल तयार पार्यो । खत्रीले १३३ रनको उत्कृष्ट इनिंग खेल्ने क्रममा १३५ बल खेल्दै ११ चौका र ७ छक्का हिर्काए । मनोज कोईरालालाई ५ रनमै गुमाएको माछापुच्छ«े क्रिकेटको लागि दोस्रो विकेटको लागि क्रिजमा छिरेका अभिषेक थापाले खत्रीसँग उत्कृष्ट साझेदारी निभाए ।

Advertisement

दोस्रो विकेटको लागि खत्री र थापाले २१५ रनको साझेदारी गरे । थापाले ९४ रनमा अविजित रहे । शतकको संघारमा पुगेपछि उनले पुरा गर्न भने सकेनन् । उनले १२७ बल खेले । ७ चौका र २ छक्का उनको स्कोरमा चढ्यो । पोखरा क्रिकेट क्लबका देव साहले ३ विकेट लिए ।

२७२ रनको लक्ष्य पाएको पोखरा क्रिकेट क्लब भने २५७ रनमा समेटियो । साहिल कार्कीले शतकीय पारी खेल्दै जितको आशा जगाएपछि जित नजिक पुगेर झिनो रनअन्तरले पराजित हुन पुग्यो । कार्कीले मध्यक्रमको व्याटिंग सम्हाल्ने क्रममा १२७ बल खेल्दै १०१ रनको पारी खेले । उनले १३ चौका हिर्काए । सुवास भण्डारी, गोविन्द प्रधान र प्रमोद बास्तोलाले क्रमश २६ रन जोडे । पोखरा क्रिकेट क्लबले पाँचौ विकेटको लागि ५८ रनको साझेदारी निभाए । जुन सबैभन्दा उत्कृष्ठ साझेदारीको रुपमा रह्यो । पोखरा क्रिकेट क्लबका बलर अमृत गुरुङले ५८ रन खर्चिएर ४ विकेट लिए । कप्तान दिपेश खत्रीले पनि २ विकेट आफनो नाममा राखे । बुधबारको प्रतिस्पर्धा सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलसँग खेल्ने छ ।छनोट प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठ गरेका थिए । संघका अध्यक्ष सन्जयकान्त सिग्देलको अध्यक्षतामा भएको उदघाटन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम , खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष एकराज गिरी, संघका सचिव दिपेन्द्रप्रताप चन्द र कोषाध्यक्ष चन्द्रकुमार गुरुङ लगायतले बोलेका थिए ।

0 SHARES
सेयर गर्नुहोस्: