खबर

अपाङ्गता भएका व्यक्तिको २९औं अन्तर्राष्ट्रिय दिवस : शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका सवालहरुमा पहुँच सुनिश्चित गरियोस ः सांसद प्रकाश पन्थ

By Meropati
२०८३ कार्तिक ४, मङ्लबार
अपाङ्गता भएका व्यक्तिको २९औं अन्तर्राष्ट्रिय दिवस : शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका सवालहरुमा पहुँच सुनिश्चित गरियोस ः सांसद प्रकाश पन्थ

काठमाडौं, १८ मङ्सिर । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुहुने सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको २९ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै अपाङ्गता भएका दाजुभाइ, दिदीबहिनीहरु सहित सरोकारवाला सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

Advertisement

उहाँले अन्तर्राष्ट्रिय प्रतिवद्धता, दिगो विकासका लक्ष्यहरुको प्रभावकारी कार्यन्वयन र अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा मौलिक हकको पूर्ण र प्रभावकारी कार्यन्वयनमा सबै तहका सरकार र सरोकारवाला निकायहरूको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका सवालहरुमा पहुँच सुनिश्चित गरियोस  भन्नुभएको छ । “ अपाङ्गता भएका व्यक्तिहरु महामारीको उच्च जोखिममा रहेका छन । कोभिडले अपाङ्गता भएका मानिसहरुको जनजीविकालाई समेत प्रभावित पारेको छ । महामारी र यसपछि अपाङ्गता भएका व्यक्तिहरुको उत्कृष्ट पुनरागमनको सुनिश्चितता गर्न सरकारसँग जोडदार माग गर्दछु”, सन्देशमा सांसद पन्थले भन्नुभएको छ ।

विगत वर्षहरुमा डिसेम्बर ३ का दिन विश्वव्यापीरुपमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस भव्यरुपमा मनाइएको थियो । नेपालमा पनि अपाङ्गता भएका व्यक्ति, सरोकारवाला, विभिन्न संघ–संस्था र सरकारी स्तरमा समेत उत्साहका साथ दिवस मनाइएको थियो । यस वर्ष कोभिडका कारण विश्वका सबै जसो मुलुकहरु महामारीको चपेटामा परेका छन । महामारीकाबीच पनि विभिन्न तरिकाले दिवस मनाउने प्रयासहरु भएका छन । यस वर्षको नारा “द्यगष्मिष्लन द्यबअप द्यभततभच तयधबचम ब मष्कबदष्ष्तिथ(ष्लअगिकष्खभ, बअअभककष्दभि, बलम कगकतबष्लबदभि उयकत(ऋइख्क्ष्म्(ज्ञढ ध्यचमि” अर्थात “कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता” रहेको छ ।

0 SHARES
सेयर गर्नुहोस्: