मुख्य खबर

महोत्सव समय थप गर्ने विषयमा उद्योग वाणिज्य संघ र आयोजकबीच विवाद

By Meropati
२०८३ कार्तिक १, शनिबार
महोत्सव समय थप गर्ने विषयमा उद्योग वाणिज्य संघ र आयोजकबीच विवाद

दुलेगौंडा, २१ असोज । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले दुलेगौंडामा सञ्चालित वडादशै साँस्कृतिक महोत्सवको समय पुनः थप्न लागिएको भन्दै शुक्लागण्डकी नगरपालिकाको बुधवार पुनः ध्यानाकर्षण गराएको छ । सो क्रममा महोत्सव आयोजक शुक्लागण्डकी युवा क्ल्वका प्रतिनिधीबीच भनाभन समेत भएको छ । नगरपालिकाले बीचको बाटो समाउदै असोज २३ गते समापन गर्ने सहमति गरेको प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले दाबी गरे ।

Advertisement

नगर उपप्रमुख खुम बहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत भुषाल, वडा नं. ४ का अध्यक्ष राजकुमार वाग्ले, क्ल्वकोतर्फबाट वडा सदस्य समेत रहेका महिप ज्वारचनको उपस्थितिमा असोज २३ गते समापन गर्ने सहमति भएको नगरले बताएको छ । नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले जारी महोत्सव पुनः असोज २५ गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायीलाई चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटकपटक नथपि असोज २२ गतेनै अनिवार्य रुपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

यता शुक्लगण्डकी युवा क्लवका अध्यक्ष मिन बहादुर थापाले भने समापनको दिन नतोकिएको दाबी गरे । समापन २३÷२४ गते कहिले हुन्छ, हामी जानकारी गराउर्छौ, उनले भने । क्लवले असोज ८ देखि १८ गतेसम्म तोकेको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज ११ देखि २२ गतेसम्म सञ्चालन भइरहेको छ । महोत्सव नोक्सानमा गएको भन्दै समय बढाउन क्लवले माग गरेको हो ।

विज्ञापन
Advertisement
0 SHARES
सेयर गर्नुहोस्: