स्थानिय समाचार
राईपुरका हुम बहादुर परिवारलाई खाद्यान्न, लत्ता कपडा र नगद प्रदान

दुलेगौंडा, २४ असोज । लायन्स क्लव अफ बेलचौतारा टाउनले तनहुँको शुक्लागण्डकी–११, राईपुर निवासी होम बहादुर विक (लुरे) परिवारलाई खाद्यान्न, लत्ता कपडा र नगद प्रदान गरेको छ ।
शनिवार विहान बेलचौतारामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी सिनीयर काउन्सीलर सुजन कुमार श्रेष्ठ, जोन चेयर पर्सन देवी भक्त राना, क्लव अध्यक्ष सरस्वती पोख्रेल लगायतले करिव २० हजार बराबरको खाद्यान्न र लत्ता कपडा प्रदान गरिएको हो । चाडपर्वमा सानो सहयोग पुगोस भनेर सहयोग गरिएको क्लव अध्यक्ष पोख्रेलले बताईन् । क्लव अध्यक्ष सरस्वती पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष सजनी केसीले स्वागत र सञ्चालन सचिव कविता गिरीले गरेकी थिइन् ।







