स्थानिय समाचार

शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घद्धारा नवआगन्तुक भुषाललाई स्वागतसँगै चाडपर्वको शुभकामना

By Meropati
२ दिन अघि
शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घद्धारा नवआगन्तुक भुषाललाई स्वागतसँगै चाडपर्वको शुभकामना

दुलेगौंडा, २९ असोज । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले शुक्लागण्डकी नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाललाई विहिवार स्वागत गरेको छ । संघको कार्यालय बेलचौतारामा विहिवार दशै, तिहार, छट पर्व २०८३ र नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदान प्रदान, अन्तरक्रियासँगै स्वागत गरेको हो ।

Advertisement


सो अवसरमा नगर प्रमुख कृष्णराज पण्डितले नवआगन्तकु प्रमुख प्रशासकीय अधिकृत भुषललाई ढाकाको टोपी लगाएर स्वागत गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले चाडपर्वलाई विकृति विसंगतिरहित तरिकाले मनाउन आग्रह गरे । उनले नगरपालिका र नगर उद्योग वाणिज्य संघबीच नङ र मासुको सम्बन्ध रहेको बताउदै समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता जनाए ।


नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजु, वडा नंं. ५ का अध्यक्ष दिर्घ बहादुर थापा, वडा नं. ७ का अध्यक्ष खड्कसिं थापा मगर, वडा नं. १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष वशन्त ज्वारचन र हरि कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ लगायतले बोलेका थिए । संघले सरुवा भएर आउने कार्यालय प्रमुखलाई स्वागत गर्दै आएको छ ।

विज्ञापन
Advertisement
0 SHARES
सेयर गर्नुहोस्: