मुख्य खबर

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

By Meropati
२०८३ कार्तिक ३, सोमवार
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
भानु नगरपालिका–१० तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनामा भानु–१० का करिब ४५ वर्षीय चालक शंकर पाण्डे र मोटरसाइकलमा पछाडि सवार ६५ वर्षीय टंकनीति पाण्डे घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि क्रमशः भरतपुर र बेँसीसहर पठाइएकोमा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement
0 SHARES
सेयर गर्नुहोस्: