गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पोखरा, असार २८ गते । पोखरा(१३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ ।

विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक कृष्णप्रसाद सापकोटाले विद्यार्थी र अभिभावक अभिमुखीकरण गराएका थिए । गण्डकी आदर्शले विद्यार्थीको सुविधा र हितका लागि अथक प्रयास गरेको जानकारी दिँदै सापकोटाले शिक्षक, विद्यार्थी र अभिभावकको सकारात्मक साथले विद्यालयको प्रगति हुँदै गएको बताए । उनले विद्यार्थीलाई अभिभावकप्रति उत्तरदायी हुन र अभिभावकलाई विद्यार्थीप्रति जिम्मेवार हुन आग्रह गरे । होटेल म्यानेजमेन्ट र कम्प्युटर विषय समूहको पढाइ सञ्चालन हुँदै आएको गण्डकी आदर्शमा भएका प्रयोगशालालगायतका सुविधा पर्याप्त रहेको सापकोटाको भनाइ छ । आधुनिक प्रविधि र समयलाई सम्बोधन गर्ने गरी पठनपाठन सञ्चालनमा जोड दिइएको जनाउँदै सापकोटाले पढाइका अलावा विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि पनि विद्यालयले विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको भनाइ राखे ।

विद्यालयकी प्रिन्सिपल मञ्जू सापकोटाले विद्यालयले एसइई र एसएलसीमा शतप्रतिशत नतिजा हासिल गर्नुका अलावा जीवनोपयोगी सिप र नेतृत्व क्षमता विकासमा ध्यान दिएको बताइन् । विद्यालय र अभिभावकबिचको सहकार्यले मात्र विद्यार्थीको सफलता सम्भव हुने बताउँदै सापकोटाले असल नागरिक बनाउने उद्देश्यसहित विद्यालयले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

Advertisment